दफा
राहदानी लिनु पर्ने
(१) नेपाली नागरिकले विदेश भ्रमण गर्दा बहाल अवधि बाँकी रहेको राहदानी साथमा लिएर भ्रमण गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार र कुनै विदेशी राज्य वा सरकारबीच भएको सन्धि, सम्झौता बमोजिम कुनै देशमा जान नेपाली नागरिकलाई राहदानी आवश्यक पर्ने रहेनछ भने त्यस्तो देशमा राहदानी नलिई भ्रमण गर्न सकिनेछ।