दफा १९ख
राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुनै व्यक्तिको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी नगर्न वा जारी भइसकेको भए रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ । (२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिलाई जारी नभइसकेको भए निजको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी गर्न हुदैन र जारी भइसकेको भए त्यस्तो व्यक्तिको राहदानी वा ट्राभलर डकुमेण्ट रोक्का राख्नु पर्नेछ ।