दफा १०
राहदानीको लागि निवेदन दिनु पर्ने
(१) राहदानी लिन चाहने नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि वा नेपाल सरकारबाट जारी राष्ट्रिय परिचयपत्रको सक्कल र सोको प्रतिलिपि तथा तोकिए बमोजिमका कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा विभाग, नियोग वा तोकिएको निकायमा निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सौह्र वर्षभन्दा कम उमेरका नाबालक नेपाली नागरिकको हकमा निवेदक सहित निजको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिमध्ये कसैले तोकिए बमोजिमका कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ।
(३) नाबालकको नाममा राहदानी जारी गर्न निजको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिमध्ये कसैले निवेदन नदिएको भए तापनि देहायको अवस्थामा विभागले राहदानी जारी गर्न सक्नेछः-
(क) अदालतले त्यस्तो नाबालकको नाममा राहदानी जारी गर्न आदेश जारी गरेमा, वा
(ख) तोकिए बमोजिमको अन्य अवस्थामा ।
(४) उपदफा (१) र (२) बमोजिम राहदानीका लागि परेका निवेदनउपर विभागले जाँचबुझ गर्दा राहदानी जारी गर्न मिल्ने देखिएमा त्यसको अभिलेख राखी राहदानी जारी गर्नेछ।