दफा ६७क
रुख भएको वन क्षेमा बसोबास वा पुनर्वास नगरिने
: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि रुख भएको कुनै पनि वन क्षेत्र बसोबास वा पुनर्वासको लागि प्रयोग गरिने छैन ।(२) उपदफा (१) जुनसुकै कुरा लेखिएको भए तापनि विपद् प्रभावित व्यक्ति वा राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्दा त्यस्तो क्षेत्रमा बसोबास गरेका व्यक्तिलाई पुनस्र्थापनाको लागि त्यस्तो क्षेत्र प्रयोग गर्नु पर्ने भएमा नेपाल सरकारले स्पष्ट कार्ययोजना सहित निर्णय गरी त्यस्तो क्षेत्र बसोबास र पुनर्वासको लागि प्रयोग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बसोबास र पुनर्वास गरिएका जग्गाहरुमा त्यस्तो जग्गा प्रदान गर्दाको वखत देखि नै रहेका रुखहरु नेपाल सरकारको स्वामित्वमा रहनेछन् । त्यस्ता रुखहरु नेपाल सरकारले यथासम्भव चाँडो हटाउनु पर्नेछ ।
(४) उपदफा (३) मा उल्लिखित रुखहरु अधिकार प्राप्त अधिकारीको इजाजत बेगर हटाउने व्यक्तिलाई राष्ट्रिय वनमा कसुर गरे सरह सजाय हुनेछ ।