दफा ८
रोजगार कार्यक्रम सञ्चालन गर्ने
(१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले यो ऐन प्रारम्भ भएपछि बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्नेछ।
(२) उपदफा (१) बमोजिम कार्यक्रम सञ्चालन गर्दा महिला, दलित, आर्थिक रूपले विपन्न व्यक्ति, शहिद परिवार र वेपत्ता पारिएका व्यक्तिका परिवारलार्इ प्राथमिकता दिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।