नियम २१
रोयल्टी बुझाउनु पर्ने

(१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा अनुसूची–१० बमोजिमको रोयल्टी बुझाउनु पर्नेछ ।
(२) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम बुझाउनु पर्ने रोयल्टी बापतको रकम विभागको नाममा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र राजस्व खातामा दाखिला गरी पन्ध्र दिन भित्र मासिक उत्पादन विवरणसहित राजस्व दाखिला भौचर विभागमा पेश गर्नु पर्ने छ ।
(३) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) मा तोकिएको म्यादभित्र रोयल्टी बापतको रकम दाखिला नगरेमा सो म्याद समाप्त भएको मितिले तीन महिनासम्म बुझाउनु पर्ने रोयल्टी रकमको दश प्रतिशत, छ महिनासम्म बीस प्रतिशत र एक वर्षसम्म तीस प्रतिशतका दरले अतिरिक्त रकम रोयल्टी रकममा थप गरी बुझाउनु पर्नेछ ।