नियम
रोयल्टी रकम वा अन्य शुल्कको सीमा
(१) प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा विदेशी लगानीकर्ताले फिर्ता लैजान पाउने रोयल्टी बापतको रकम र अन्य शुल्क अनुसूची- १ मा उल्लेख भएको सीमाभन्दा बढी हुने गरी व्यवस्था गर्न सकिने छैन।
(२) कुनै उद्योगले प्रविधि हस्तान्तरण अन्तर्गत विदेशी लगानीकर्तासँग एक वा सो भन्दा बढी प्रविधि हस्तान्तरण सम्झौता गरेको भए तापनि एक आर्थिक वर्षमा फिर्ता लैजान पाउने कुल रोयल्टी रकम वा अन्य शुल्क अनुसूची-१ को क्रमसङ्ख्या (१) मा उल्लेख भए भन्दा बढी हुने छैन।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योग सञ्चालनको तयारीको लागि भएको प्रविधि हस्तान्तरण सम्झौताको रोयल्टी रकम वा अन्य शुल्कको हकमा दुई पक्ष बीच भएको सम्झौता बमोजिम हुनेछ।