दफा २७७
रोहबरमा बस्न तथा सहीछाप गर्न सहयोग गर्नु पर्ने

(१) यस संहिता बमोजिम कुनै काम कारबाहीको सिलसिलामारोहबरमा बस्नु पर्ने व्यक्तिले रोहबरमा वसी वा अदालतबाट तयार गरिएको लिखतमा सहीछाप गर्नु पर्ने व्यक्तिलेसहीछाप गरी अदालतलाई सहयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोहबरमा बस्न वा कुनै लिखतमा सहीछाप गर्न कुनै व्यक्तिले इन्कार गरेमा र त्यस्तो इन्कारीकोपरिणाम सम्झाई बुझाई गर्दा पनि रोहबरमा बस्न वा लिखतमा सहीछाप गर्न इन्कार गरेमा त्यस्तो काम वा लिखत गराउनेकर्मचारीले सोही व्यहोरा समेत उल्लेख गरी सम्बन्धित लिखतमा रोहबरमा नबसेको वा सहीछाप नगरेको कारण खुलाईकैफियत जनाई उपस्थित भएका अन्य दुई व्यक्तिको सहीछाप गराई आफूले पनि त्यसमा सहीछाप गरी लिखत तयार गर्नुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम तयार गरिएको लिखतलाई कानून बमोजिम रीत पुगेको मानिनेछ ।
(४) यस दफा बमोजिम अदालतको काममा अवरोध गर्ने वा असहयोग गर्ने व्यक्तिलाई अदालतले पांँच हजार रुपैयाँसम्मजरिबाना गर्न सक्नेछ ।