नियम
लगत खडा गर्ने व्यवस्था
(१) ऐन वा यो नियमावली बमोजिम विवरण पत्र दाखिल गर्ने व्यक्तिले विर्ता जग्गा दर्ताको लगतमा वा विर्ताको मोहियानी हक दर्ताको लगतमा जसका नाममा जति जग्गा दर्ता छ उसैका नाममा उति जग्गा दर्ता गर्नेमा फलाना ठाउँमा रहेको लगत बमोजिम भन्नेसम्म कुरा जनाई पठाए पुग्छ । लगतमा एकाका नाउँमा दर्ता भई राखेको जग्गा अरूका वा एक जनाका नामको जग्गा धेरै जनाका
नाममा वा बन्धकी दर्ता गर्नु पर्नेमा आफ्नो हक भएको लिखत प्रमाण पेश गर्नुपर्छ ।
स्पष्टीकरण: अंशीयार वा हकदारका नाममा दर्ता गर्नेमा अरू अंशीयार वाहकदार भए निजको मञ्जुरी वा हकदार अंशीयार नभए हकदार हो भन्ने २ जवानसम्म स्थानीय मानिसले सहीछाप गरेको लिखतलाई प्रमाण मानिनेछ ।
(२)हाकिमले आफ्नो इलाकाको विर्ता जग्गा रैकरमा परिणत गर्ने गरी लगत तयार गर्दा प्रत्येक मौजामा यसरी रैकरमा परिणत गर्नु पर्ने जग्गा कति कति छ भन्ने कुरा लगतफाँट विर्ता खारेजी अड्डा समेत सम्बन्धित अड्डाहरूबाट आएका र आफ्ना अड्डाको समेत लगत श्रेस्ता हेरी पत्ता लगाउनेछ । कुनै मौजामा रहेको कुनै
त्यस्तो जग्गाको सम्बन्धमा विवरण प्राप्त हुन नआएको फेला परेमा ऐन तथा यो नियमावली बमोजिम गर्नुपर्छ ।
तर कुनै मौजाको सबै विवरण दाखिल नहुँदैमा वा जग्गा यति हो भन्ने यकीन नहुँदैमा दाखिल भएका विवरणका जग्गाको लगत खडा गर्न रोकिने छैन ।
(३)लगत खडा गर्दा हाकिमले प्रत्येक मौजाको निमित्त छुट्टा छुट्टै लगत बनाउने छ र त्यस लगतमा खास गरी निम्न लिखित कुरा खुलाइनेछ ः-
(क) जग्गावालाको नाम, वतन र जग्गाको क्षेत्रफल ।
(ख) जग्गाको किसिम, चौहद्दी र खुलेसम्म जग्गाको नम्बर कित्ता ।
(ग) ऐन र यो नियमावली बमोजिम हाकिमले ठेक्ने भएको नेपाल सरकारमा जग्गावालाले बुझाउनु पर्ने भूमिकरको दर र जम्मा अंक ।
(घ) ……. ……. …