दफा १५
लगानी एकाइ
(१) यस ऐन बमोजिम कार्यान्वयन हुने परियोजनामा हुने लगानीको प्रवर्द्धन तथा लगानीमैत्री वातावरणको लागि समन्वय, सहकार्य तथा सहजीकरण गर्न कार्यालयमा एक लगानी प्रवर्द्धध तथा सहजीकरण
निर्देशनालय रहनेछ।
(२) उपदफा (१) बमोजिमको लगानी प्रवर्द्धध तथा सहजीकरण निर्देशनालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क)निजी लगानीमा कार्यान्वयन गरिने परियोजना तथा लगानी सम्बन्धी नीति तर्जुमा गरी बोर्ड समक्ष पेश गर्ने,
(ख)निजी लगानीमा कार्यान्वयन हुन सक्ने सम्भाव्य परियोजनाहरुको अध्ययन गरी परियोजना सूची तयार गर्ने,
(ग)बोर्डमा सोझै प्राप्त हुन आएका आव्हान नगरिएका प्रस्तावहरुको हकमा आवश्यक अध्ययन गर्ने र सोको लागि आवश्यक पर्ने अनुमति पत्र, इजाजत पत्र प्रदान गर्न सम्बन्धित निकायमा लेखी पठाउने,
(घ)परियोजना लगानी सम्झौता लगायतका सहुलियत सम्झौता तथा समझदारी पत्रको मस्यौदा तयार गर्ने,
(ङ)परियोजना विकास, लगानी प्रवर्द्धन तथा परियोजना कार्यान्वयनका लागि सार्वजनिक निकाय तथा निजी क्षेत्र बीच समन्वय गर्ने,
(च)निजी लगानीमा परियोजनाको विकासकर्ता छनौटको आधारहरु तयार गर्ने,
(छ)लगानी सम्बन्धमा अध्ययन, अनुसन्धान गर्ने,
(ज)वैदेशिक लगानीका सन्दर्भमा तुलनात्मक लाभको विवरण तयार गर्ने,
(झ)सम्भावित लगानीकर्ताको विवरण तयार गरी सम्भावित लगानीकर्ताको लगानी सम्बन्धी जिज्ञाशा सम्बोधन गर्ने,
(ञ)बोर्ड वा कार्यालयले तोकेका अन्य कार्य गर्ने।
(३) लगानी प्रवर्द्धध तथा सहजीकरण निर्देशनालयको गठन, सङ्गठनात्मक संरचना तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।