दफा १८
लगानीको सुरक्षा र संरक्षण
(१) यस ऐन अन्तर्गत भएको लगानीलाई अनुमतिपत्रको अवधिभर राष्ट्रियकरण गरिने छैन ।
(२) प्रतिस्पर्धात्मक आधारमा अनुमति पाएका लगानीलाई प्रतिकूल असर पार्ने गरी सोही क्षेत्रमा र सोही प्रकृतिको अर्को लगानीलाई तोकिएको अवधिसम्म अनुमति दिन पाइने छैन ।
(३) अनुमतिपत्रमा अन्यथा भएकोमा बाहेक एक पटक अनुमतिपत्र जारी भएपछि सामान्यतया त्यसका शर्त थपघट गर्न सकिने छैन ।