दफा ११क
लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्ने
– कुनै व्यक्तिबाट लागू औषध बरामद भएप्छि औषध नियन्त्रण अधिकारीले लागू औषधको प्रत्येक पोकाबाट प्रहरी सहायक निरीक्षक र मुद्दा हेर्ने अधिकारीले खटाएको एकजना कर्मचारीको रोहबरमा बढीमा तीन ग्राम सम्म लागू औषध प्रत्येक पोकाबाट स्याम्पल लिई परीक्षणको लागि पठाउने, लागू औषधको प्रकृति छुटयाउन लागू औषध मुद्दाको अनुसन्धान अधिकारीले त्यस्तो nलागू औषधको स्याम्पल नमूनाका लागि राख्ने र अदालतमा त्यस्तो मुद्दा म्याद थपका लागि पेश भएपछि अदालतले प्रत्येक पोकाबाट बढीमा तीन ग्राम लागू औषधको नमूना राखी बाँकी लागू औषध सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि, स्थानीय जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र स्थानीय नगरपालिका वा गाउँपालिकाको प्रतिनिधि समेतको रोहबरमा मुद्दा म्याद
थपका लागि अदालतमा पेश भएको पन्ध्रदिन भित्र नष्ट गर्नु पर्नेछ ।