नियम ६३
लिक्विडेशन पछिको सम्पत्तिको उपयोग
(१) ऐनको दफा ९१ बमोजिम सहकारी संस्थाको लिक्विडेशन पश्चात् नियम ६२ बमोजिम सबै दायित्व भुक्तान गरी बाँकी रहेको सम्पत्ति रजिष्ट्रारको निर्देशन बमोजिम देहायको -प्राथमिकताक्रम अनुसार हस्तान्तरण गर्न सकिनेछ :-
(क) विघटित सहकारी संस्थाको कार्यक्षेत्रमा सेवा पुन्याउन सक्ने नजिकको सोही प्रकृतिको अन्य कुनै सहकारी संस्था,
(ख) विघटित सहकारी संस्था सदस्य भएको सोही प्रकृतिको माथिल्लो सङ्घ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले मन्त्रालयको सिफारिसमा नियम ६२ को उपनियम (१) अनुसार खर्च गरिसकेपछि बाँकी रहन आएको सहकारी संस्थाको कोषको रकम सहकारी आन्दोलनलाई योगदान पुन्याउने अन्य कुनै निकायलाई हस्तान्तरण गर्न वा स्थानीय सामुदायिक शिक्षा वा स्वास्थ्यसँग सम्बन्धित वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने स्थानीय सामुदायिक विकासको प्रयोजनका लागि हस्तान्तरण गर्न सक्नेछ ।