नियम १७
लिखत जाँच
(१) न्यायाधिकरण समक्ष पेश भएको लिखत सद्दे कीर्ते छुट्टाउनु पर्ने
भई रेखा वा हस्ताक्षर विशेषज्ञलाई जा“च गराउनु परेमा ल्याप्चे कीर्ते वा लेख कीर्ते
भन्नेबाट चाहिने दस्तुर दाखिल गर्न लगाई रेखा वा हस्ताक्षर विशेषज्ञ कहाँ पठाउनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको लिखत कीर्ते ठहरिएमा सद्दे भन्नेबाट कीर्ते
भन्नेलाई ल्याप्चे वा हस्ताक्षर ज“चाउदा लागेको दस्तुर भराई दिनु पर्नेछ ।