दफा १२८
लिखत दरपीठ गर्नु पर्ने
दफा १२६ बमोजिम जाँच गर्दा त्यस्तो लिखत हदम्याद वा म्यादभित्र नभएको, सम्बन्धित अदालतकोअधिकारक्षेत्रभित्र नपर्ने, अदालतले हेर्न नपर्ने वा नहुने वा कानून विपरीत भएको कारण दर्ता गर्न नमिल्नेदेखिएमा सम्बन्धित अधिकृतले दरपीठ गरी अदालतको छाप लगाई सम्बन्धित व्यक्तिलाई भरपाई गराई फिर्ता दिनु पर्नेछ।
(१) दफा १२६ बमोजिम जाँच गर्दा त्यस्तो लिखत हदम्याद वा म्यादभित्र नभएको, सम्बन्धित अदालतको अधिकारक्षेत्रभित्रनरहेको अदालतले हेर्न नपर्ने वा नहुने वा कानून विपरीत भएको कारण दर्ता गर्न नमिल्ने देखिएमा सम्बन्धितअधिकृतले दरपीठ गरी अदालतको छाप लगाई सम्बन्धित व्यक्तिलाई भरपाई गराई फिर्ता दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अधिकारक्षेत्र नभएको कारणले दरपीठ भएको उजुरीको विषयमा मुद्दा गर्नु पर्ने अन्तिम हदम्याददरपीठ भएको दिनसम्म रहेछ भने प्रचलित कानून जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उजुरी गर्ने व्यक्तिले सोदिनबाट बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र दर्ता गर्न ल्याएमा अधिकारक्षेत्र भएको अदालतले कानून बमोजिमदर्ता गरिदिनु पर्नेछ।