दफा २८५
लिखत धुल्याउनु पर्ने

(१) अदालतले मुद्दाको अन्तिम निर्णय भएको पांँच वर्षपछि सो मुद्दाको मिसिलमा रहेको देहायका लिखतहरू बाहेक अन्यलिखतहरू धुल्याउनु पर्नेछ:-
(क) फिरादपत्र,
(ख) बयान,
(ग) प्रतिउत्तरपत्र वा प्रतिदाबी,
(घ) पक्षको नाममा जारी भएको म्याद,
(ङ) मुद्दासँग सम्बन्धित नक्सा,
(च) सक्कल प्रमाण कागज,
(छ) मिलापत्रको कागजात,
(ज) पुनरावेदनपत्र,
(झ) मुद्दा दोहोर्याउने वा पुनरावलोकनको लागि दिइएको निवेदनपत्र,
(ञ) अदालतबाट भएको फैसला, निर्णय, अन्तिम आदेश,
(ट) कानून बमोजिम संरक्षण गर्न आवश्यक देखिएका अन्य लिखत ।
(२) उपदफा (१) बमोजिम कागज धुल्याउनुअघि श्रेस्तेदारले धुल्याउनु पर्ने कागजातको फेहरिस्त तयार गरी त्यस्तोफेहरिस्तमा आफ्नो सहीछाप गरी राख्नु पर्नेछ ।