दफा ११
लिखतमा पुग्याउनु पर्ने रीत
(१) अदालतमा दर्ता गर्न ल्याएको लिखतमा देहाय बमोजिमको रीत पुन्याउनु पर्नेछः-
(क) फुलस्केप आकारको नेपाली कागजमा पहिलो पृष्ठमा शीरतर्फ तीन इन्च छोडी र अन्य प्रत्येक पृष्ठमा शीर र पुछारमा एक इन्च, बायाँतर्फ डेढ इन्च र दायाँतर्फ आधा इन्च किनारा छोडी एक पृष्ठमा बत्तीस पङ्क्तिमा नबढाई कागजको एकापट्टि मात्र पक्का कालो मसीले लेखिएको, टाइप गरिएको वा मुद्रण गरिएको हुनु पर्ने र कम्प्युटर टाइप गरिएको भएमा युनिकोड नेपाली फन्टको बाह्र साइजमा टाइप वा मुद्रण गरिएको तथा लाईन बीचको फरक एक दशमलव एक पाँच रहनु पर्ने,
(ख) लिखत दर्ता गर्न ल्याउने व्यक्तिको र अर्को पक्षको हकमा थाहा भएसम्म नाम, थर, उमेर, पति, पत्नी, बुबा, आमा, बाजे र बज्यैको नाम, उपलब्ध भएसम्म मोबाइल नम्बर, टेलिफोन नम्बर, इमेल, फ्याक्स, राष्ट्रिय परिचय नम्बर, नागरिकता नम्बर र अन्य परिचयात्मक विवरण र स्थायी तथा हाल बसोबास गरेको ठेगाना (गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका, वडा नं., टोल, सडकको नाम र उपलब्ध भएसम्म घर नं. आदि) उल्लेख गर्नु पर्ने,
(ग) लिखतको पेटबोलीमा उल्लेख भएको प्रत्येक व्यक्तिलाई सजिलैसँग पहिचान गर्न सकिने गरी निजको पूरा नाम, थर, ठेगाना र अन्य आवश्यक परिचयात्मक विवरण स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने,
(घ) लिखतमा उल्लिखित स्थानको पहिचान खुल्ने गरी पूरा ठेगाना स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने,
(ङ) लिखत दर्ता गर्न ल्याउने व्यक्तिले पहिलो पृष्ठको शीरमा बाहेक प्रत्येक पृष्ठको शीर पुछारमा र आखिरी पृष्ठमा दायाँपट्टि पूरा नाम, थर लेखी दायाँ हातको बुढी औंलाको ल्याप्चे सहीछाप र लेख जान्नेले सोही अनुरुप अन्य पृष्ठमा छोटकरी र अन्तिम पृष्ठमा बुझिने गरी पूरा दस्तखत समेत गर्नु पर्ने,
तर लिखत दर्ता गर्न ल्याउने व्यक्तिको दायाँ हातको बुढी औंला नभएमा वा रेखा प्रष्ट नभएमा सोको कैफियत जनाई अन्य कुनै औंलाको ल्याप्चे सहीछाप गर्नु पर्नेछ।
(च) लिखतको पहिलो पृष्ठको बायाँ किनारामा लिखत आफैंले मस्यौदा गरेको भए आफ्नो दस्तखत र कानून व्यवसायी वा लेखापढी व्यवसायीले गरेको भए निजको नाम, दस्तखत र प्रमाणपत्र नम्बर उल्लेख गर्नु पर्ने,
(छ) लिखत दर्ता गर्न ल्याउने व्यक्ति आफैँले वा कानून व्यवसायी वा लेखापढी व्यवसायी बाहेक अन्य व्यक्तिले मस्यौदा गरेको भए लिखतको पहिलो पृष्ठको बायौँ किनारामा “यो लिखतको मस्यौदा मैले गरेको हुँ, लिखत तयार गर्नका लागि म कानून बमोजिम अयोग्य छैन, मैले भ्रष्टाचार, किर्ते, जालसाजीमा सजाय पाएको छैन, साथै कुनै अदालत वा निकायबाट भएको कैद र जरिबाना तिर्न बुझाउन बाँकी छैन" भन्ने बेहोरा र आफ्नो पूरा नाम, थर, ठेगाना स्पष्ट रूपमा उल्लेख गरी लिखतको प्रत्येक पृष्ठको बायाँ किनारामा त्यस्तो मस्यौदा गर्ने व्यक्तिले दस्तखत गर्नु पर्ने,
(ज) लिखतको अन्तिम प्रकरणमा “अदालतबाट जारी हुने म्याद वा सूचना तामेली लगायतका अन्य काम कारबाहीमा अदालतलाई सहयोग गर्नेछु” भन्ने बेहोरा उल्लेख गरी लिखतमा “लेखिएको बेहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला" भन्ने वाक्य उल्लेख गर्नु पर्ने,
(झ) लिखतका विषयहरू. सिलसिलेवार रूपमा प्रकरण छुट्याई उचित र संयमपूर्ण भाषामा लेख्नु पर्ने,
(ज) अदालतमा लिखत दर्ता गर्न वा बयान, बकपत्र वा कागज गर्न आउने व्यक्तिले नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी गरिएको नाम, थर, ठेगाना खुल्ने अन्य कुनै प्रमाण पेस गर्नु पर्ने,
(ट) अदालत वा अन्य न्यायिक निकायबाट कैद वा जरिबानाको सजाय पाएको व्यक्तिले कुनै लिखत दर्ता गर्न आउँदा त्यस्तो कैद सजाय भोगेको, भोगिरहेको, जरिबानाको रकम तिरेको वा सोबापत कानून बमोजिम धरौटी वा जमानत वा बैङ्क जमानत दिन पाउनेमा सो दिएको निस्सा पेस गर्नु पर्ने,
(ठ) लिखतसाथ पेस हुने प्रत्येक लिखतको नक्कल साथै पेस गर्नु पर्ने ।
(२) लिखतसाथ पेस गर्न ल्याएको अन्य कुनै कागज नेपाली भाषाबाहेक अन्य भाषामा भएकोमा अदालतले आवश्यक देखेमा त्यस्तो लिखत पेस गर्ने व्यक्तिलाई नेपाली भाषामा आधिकारिक अनुवाद गरी पेस गर्न लगाउन सक्नेछ।
(३) अदालतमा दर्ता भएका लिखतमा उल्लेख भएका विवरणमा कुनै परिवर्तन भएमा सम्बन्धित पक्षले बाटाको म्यादबाहेक पन्ध्र दिनभित्र सोको जानकारी अदालतलाई दिनु पर्नेछ।
(४) अदालतमा लिखत पेस गर्दा सोको विद्युतीय प्रति समेत साथै पेस गर्नु पर्नेछ। (५) उपनियम (४) बमोजिमको विद्युतीय प्रति र अदालतमा पेस भएको लिखतको बेहोरा फरक परेमा अदालतमा पेस भएको लिखतलाई आधिकारिक मानिनेछ ।