नियम २१
लेखा परिक्षण
(१) नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थामा आवद्ध लेखापरीक्षकबाट कोषबाट अनुदान प्राप्त गरी सञ्चालन भएका आयोजनाको लेखापरीक्षण हुनेछ ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।