दफा ४१
लेखा परीक्षण गराउनु पर्ने
(१) दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको लेखा परीक्षण प्रतिवेदनमा तोकिए बमोजिमका विवरण उल्लेख
भएको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको अवधि समाप्त भएको पैंँतालीस दिनभित्र आयोगले त्यस्तो दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुकोकारण खुलाई स्पष्टीकरण पेश गर्न लिखित रुपमा वा विद्युतीय वा अन्य सञ्चार माध्यमबाट आदेश दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिमको अवधिभित्र सम्बन्धित दलले स्पष्टीकरण पेश गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिमको लेखा परीक्षण प्रतिवेदन दलले आयोगमा पेश गरेको मितिले एक महिनाभित्र दलले सार्वजनिक गरिसक्नु पर्नेछ ।