नियम १७
लेखा र लेखा परीक्षण

१७. लेखा र लेखा परीक्षण

(१) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) कोषले नेपाल सरकारले तोके बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ ।
(३) कोषको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।
(४) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसावकिताव जाँच्न वा जाँच गराउन सक्नेछ ।
(५) कोषले आफ्नो वासलात, आय व्यय हिसाव र सोसंग सम्बन्धित विवरण समेत खुलाई आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।