दफा २०
लेखा र लेखापरीक्षण :

(१) परिषद्को आय व्ययको लेखा प्रचलित कानुनबमोजिम राख्नु पर्नेछ ।
(२) परिषद्को लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले परिषद्को हिसाब किताब सम्बन्धी कागजात र अन्य नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।