दफा १४
लेखा र लेखापरीक्षण :

(१) कोषको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा कोषको हिसाव कितावसम्बन्धी कागजात र अरू नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न सक्नेछ ।