दफा ३२
लेखा र लेखापरीक्षण
(१) कोषको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) परिषद्ले कोषको लेखाको प्रचलित कानून बमोजिम आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ ।
(३) कोषको आय–व्ययको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।