दफा ३४
लेखा र लेखापरीक्षण
: (१) आयोगको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) आयोगले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम राख्नुपर्नेछ र आफ्नो आय व्ययको लेखापरीक्षण गराउनु पर्नेछ ।
(३) आयोगको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(४) नेपाल सरकारले चाहेमा आयोगको आय व्ययको लेखा र तत्सम्बन्धी हिसाब किताब जुनसुकै बखत जाँच्न वा जाँच गर्न लगाउन सक्नेछ ।