दफा ११
लेखा र लेखापरीक्षण
(१) प्राधिकरणको आय-व्ययको लेखा नेपाल सरकारले तोकेको स्वीकृत ढाँचा र तरिका बमोजिम राख्नु पर्नेछ।
(२) प्राधिकरणको कोषको आन्तरिक लेखापरीक्षण प्राधिकरणले नियुक्त गरेको लेखापरीक्षकबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ।