दफा ३१
लेखा र लेखापरीक्षण
(१) परिषद्को आय-व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचामा राख्नु पर्नेछ।
(२) परिषद्को आय-व्ययको आन्तरिक लेखा परीक्षण दर्तावाला लेखा परीक्षकहरुमध्येबाट परिषद्ले तोकेको लेखा परीक्षकबाट र अन्तिम लेखा परीक्षण महालेखा परिक्षकले तोकेको लेखा परिक्षकबाट हुनेछ।
(३) नेपाल सरकारले चाहेमा परिषद्को कोषको लेखा सम्बन्धी कागजात जुनसुकै बखत जाँच्न वा जचाँउन सक्नेछ ।