दफा ४०
लेखा राख्नु पर्ने
(१) दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नु पर्नेछ र त्यस्तो लेखा विद्युतीय अभिलेखमा पनि राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनु पर्नेछ ।
(३) उपदफा (१) को प्रयोजनको लागि आयोगले लेखाको ढाँचा तोक्नेछ ।
(४) आयोगले तोकेको अधिकृत वा विशेषज्ञले दलको हिसाब किताब र लेखा जुनसुकै बखत माग गर्न वा निरीक्षण गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम माग गरेमा वा निरीक्षण गर्न चाहेमा सम्बन्धित दलले त्यसको विवरण उपलब्ध गराउनु वा निरीक्षण गर्न दिनु पर्नेछ ।