दफा २८क
लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्ने
(१) लेखा व्यवसायी संस्थाको नामबाट लेखापरीक्षण सेवा संचालन गर्न चाहने पेशागत प्रमाणपत्र प्राप्त सदस्यले त्यस्तो संस्था दर्ता गर्न तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।
(२) लेखा व्यवसायी संस्था दर्ता सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिमको कार्यविधि पूरा भएपछि परिषद्ले तोकिए बमोजिमको ढाँचामा लेखा व्यवसायी संस्था दर्ताको प्रमाणपत्र दिनेछ ।