दफा २७
लेखापरीक्षण
(१) समितिको लेखापरीक्षण नेपाल सरकारबाट खटाएको एक जना र
शेयरहोल्डरहरूले छानेको एकजना गरी जम्मा दुईजना अडिटरहरूले गर्नेछन् ।
शेयरहोल्डरहरूद्वारा छानिने अडिटर बार्षिक साधारण सभामा छानिने छन् र सोही सभामा
अडिटरहरूको मेहनताना पनि तोकिने छ ।
(२) शेयरहोल्डरहरूले छानेको अडिटर कुनै कारणवश खाली भएमा वा साधारण
सभाको व्यवस्था नभएसम्मको लागि नेपाल सरकारबाट खटिएको एकजना अडिटरले मात्र
लेखापरीक्षण गर्नेछ ।
(३) समितिको वार्षिक हिसाब तथा लाभ हानीको खाता र तत्सम्बन्धी भरपाईको
लेखापरीक्षण गर्ने कर्तव्य अडिटरहरूको हुनेछ । अडिटरलाई समितिमा रहेको सबै हिसाब
खाताहरूको लगत दिइनेछ । निजहरूले जुनसुकै मनासिब समयमा समितिको जुनसुकै स्थान
वा जुनसुकै पदाधिकारी र कर्मचारीसंग रहेको जुनसुकै हिसाब किताब र कागजातहरू हेर्न
जाँच्न सक्तछन्।
(४) अडिटरहरूले बार्षिक हिसाब तथा लाभ हानीको खाता बारेको आफ्नो
प्रतिवेदनको एउटा प्रतिलिपि नेपाल सरकारमा र अर्को प्रतिलिपि समितिको साधारण सभाको
व्यवस्था भएपछि सो सभामा पेश गर्नेछन्। सो प्रतिवेदनमा देहायका कुराहरू स्पष्ट रूपले
उल्लेख हुनु पर्दछ ।
(क) समितिको वास्तविक आर्थिक स्थिति देखिने गरी सबै आवश्यक
कुराहरू स्पष्ट खुलाई ठीकसंग वार्षिक हिसाब तथा लाभ हानीको
खाता तयार गरिएको छ छैन,
(ख) अडिटरले मागेको कुनै स्पष्टीकरण वा सूचना समितिले दिएको छ
छैन र दिएको भए सो स्पष्टीकरण वा सूचना सन्तोषजनक छ छैन,
र
(ग) पेश भएको वार्षिक हिसाब तथा लाभ हानीको खाता रीतपूर्वकको छ
छैन ।
(५) समितिको उचित प्रबन्धको लागि उपयुक्त लागेको प्रस्तावहरू अडिटरहरूले पेश
गर्न सक्नेछन् । त्यसरी पेश गरिएको प्रस्तावहरू बोर्डले साधारण सभाको कार्यसूचीमा
समावेश गर्नेछन्।
(६) शेयरहोल्डरहरू र साहूहरूको उचित संरक्षणको लागि समितिले उठाइराखेको
कदमहरू यथेष्ट भए नभएको र समितिको हिसाब राख्ने तरीका ठीक भए नभएको कुरा
खोली आफू छेउ प्रतिवेदन पेश गर्न नेपाल सरकारले जुनसुकै समय पनि अडिटरहरूलाई
निर्देशन गर्न सक्नेछ ।
(७) उपदफा (४) वा (६) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा आवश्यक सुधार वा
व्यवस्थाको लागि नेपाल सरकारले समितिलाई निर्देश गर्न सक्नेछ ।