नियम ६
लेख्य प्रमाणक तोक्न सक्ने
(१) कुनै जिल्ला वा अञ्चलमा लेख्य प्रमाणक भई काम गर्न नियम ४ बमोजिम कसैको निवेदन पर्न नआएमा र त्यस्तो जिल्ला वा
अञ्चलमा लेख्य प्रमाणकको व्यवस्था गर्न आवश्यक भएमा कार्यालयले नेपाल सरकारमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेख्य प्रमाणकको व्यवस्था गर्न लेखी आए पछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै खास अवधिको लागि वा कुनै अवधि उल्लेख नगरी लेख्य प्रमाणकको काम गर्न कुनै अधिकृतलाई तोक्न सक्नेछ ।