नियम १७
लेख्य प्रमाणकको दस्तूर

(१) लेख्य प्रमाणकलाई देहायको कामबापत देहाय बमोजिमको दस्तूर बुझाउनु पर्नेछः–
(क) विनिमेय अधिकारपत्र अनादर भएको व्यहोरा जनाएको वा ऐनको दफा ७५ बमोजिम सूचना पठाएको वा ऐनको दफा ९५ बमोजिम सम्मानको खातिर भुक्तानी दिने व्यहोरा जनाएकोमा बीस रुपैया“ ।

(ख) विनिमेय अधिकारपत्र अनादर भएको वा थप सुरक्षण दिन इन्कार गरेको व्यहोरा प्रमाणित गरी दिएकोमा साठी रुपैया“ ।
(ग) खण्ड (क) र (ख) बमोजिमको कागजको प्रतिलिपि दिन परेमा सोही खण्डमा उल्लिखित दस्तूरको आधा ।
(२)उपनियम (१) बमोजिमको दस्तूर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घटाउन वा बढाउन सक्नेछ ।