नियम ५
लेख्य प्रमाणकको नियुक्ति
(१) नियम ४ को उपनियम (२) बमोजिम निवेदन प्राप्त भएपछि नेपाल सरकारले निवेदकलाई लेख्य प्रमाणकमा नियुक्त गर्ने वा नगर्ने निर्णय गरी निवेदन कार्यालयमा फिर्ता पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेख्य प्रमाणकमा नियुक्त गर्ने निर्णय भई निवेदन फिर्ता आएमा कार्यालयले निवेदकलाई एकसय रुपैयाँ दस्तूर लिई अनुसूची–१ को ढाँचामा लेख्य प्रमाणकमा नियुक्त भएको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) यस नियम बमोजिम लेख्य प्रमाणक नियुक्त गरिएको सूचना नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।