नियम २०
लेख्य प्रमाणकको प्रमाणपत्रको नक्कल

नियम ५ बमोजिम नियुक्त भएको लेख्य प्रमाणकले आफ्नाे प्रमाणपत्र हराए, नासिए वा अन्य कुनै कारणले नक्कलको आवश्यकता परेमा पच्चीस रुपैयाँ दस्तूर बझाई कार्यालयबाट नक्कल प्राप्त गर्न सक्नेछ ।