दफा
लेबुल, ट्रेडमार्क, र्यापर्स तथा प्याकिङ्ग
: (१) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा यापर्समा देहायको विवरण उल्लेख गर्नु पर्नेछ ः-
(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल तथा ट्रेडमार्क चिन्ह,
(ख) उत्पादकको नाम, ठेगाना र सूर्तिजन्य पदार्थमा रहेको निकोटिनको मात्रा,
(ग) तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु ।
(२) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा ¥यापर्समा नाबालकलाई आकर्षण गर्ने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन ।
(३) कसैले पनि अन्य उद्योग तथा उत्पादनको ब्राण्ड तथा ट्रेड नाम राखी सूर्तिजन्य पदार्थ उत्पादन गर्न पाउने छैन ।
(४) कुनै उद्योगले चुरोट, बि“डी वा सिगारको आकारमा कुनै पनि वस्तु उत्पादन गर्न पाउने छैन ।