अनुसूची
वक्स टाइप म्यागजिनको ढाँचा

(नियम १४ (२) संग सम्बन्धित)
वक्स टाइप म्यागजिनको ढाँचा

बनावट ः वक्स टाइप म्यागजिनहरू ५० मिलिमिटर बाक्लो काठमा वा ७५ मिलिमिटर बाक्लो
नरम काठ वा उत्तिकै चोरी हुन नसक्ने अरु वस्तुले बनाइएको हुनुपर्छ । धातुले बनेको म्यागजिन
भए त्यसभित्र कुनै झिल्का पैदा नगर्ने वस्तुको (नन्स्पार्कलि· मेटेरियल) लाइनि· लगाउनु पर्छ ।
त्यस्तो म्यागजिनको ढोका वा ढक्कनमा (लिड) बलियो कब्जा र अन्तरापहरू यस्तो किसिमबाट
लगाएको हुनुपर्छ कि त्यसमा ताला लगाएपछि ती अन्तरापका कब्जाहरू बाहिरबाट खोल्न वा
झिक्न नसकिने होस् । बक्स टाइप म्यागजिनमा कमसेकम एउटा बहुतै मजबूत ताला लगाउनु
पर्छ ।
घर बाहिर स्थापना गरिने कुनै पनि बक्स टाइप म्यागजिनलाई उठाई लैजान नसकिने
गरी अंकुश लगाई बा“धी राख्नु पर्छ ।
तेल, ग्रीज, पेट्रोल, डिजेल पुरानो कपडा वा अन्य कुनै छिटो आगो लाग्न सक्ने वस्तुहरू
भएको घरमा बक्स टाइप म्यागजिनलाई राख्नु हुन्न ।
वक्स टाइप म्यागजिनलाई कुनै स्टोभ, भट्टी वा खुला आगो वा ज्वालाबाट कमसेकम
६.२५ मिटर र अन्य कुनै वा≈य तापको स्रोतबाट कमसेकम १.६ मिटर टाढा राख्नु पर्छ । बक्स
टाइप म्यागजिनलाई रातो वा अरु कुनै र· लगाई “विस्फोटक” भनी स्पष्ट लेखेको हुनुपर्छ ।