दफा ५८
वन पैदावार र तत्सम्बन्धी माल वस्तु कब्जा गर्न सक्ने
(१) कुनै वन पैदावारको सम्बन्धमा यो ऐन उल्लङ्घन भएको छ भन्ने भरपर्दो कारण देखिएमा त्यस्तो वन पैदावार र कसूरसग सम्बन्धित हतियार, डुड्डा, सवारी तथा चौपायालाई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा प्रहरी कर्मचारीले कब्जा गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कब्जा गर्ने कर्मचारीले सो कब्जा गरिएको मालको विवरण खोली कसूरसग सम्बन्धित व्यक्तिलाई सोको भरपाई दिई त्यस्तो मालमा खास चिन्ह लगाई नाप जाच गरी सकभर चाडो इलाका सव डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कब्जा गरिएको वन पैदावार बाहेकको औजार, हतियार, डुड्डा, सवारी, चौपाया इत्यादि तोकिएको दिन र स्थानमा दाखिला गर्ने शर्तमा मालधनी वा सम्बन्धित गाउपालिका वा नगरपालिकाको सदस्य वा स्थानीय भलाद्मीलाई जमानीको कागज गराई कम्तीमा राजपत्र अनड्ढित द्वितीय श्रेणीको वन सहायक दर्जासम्मको कर्मचारीले त्यस्तो माल वस्तु छाडी दिन सक्नेछ ।