दफा ६६क
वन विकास कोष
(१) नेपाल सरकारले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न, वनको संरक्षण र सम्वर्द्धन गर्न एवं अन्य प्रर्बर्द्धनात्मक कार्यको लागि एक वन विकास कोषको स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः-
(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त रकम,
(ग) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट सहयोग वा ऋण स्वरुप प्राप्त रकम,
(घ) वन क्षेत्रको वन पैदावर बिक्रीबाट प्राप्त रकम र वन क्षेत्र अन्य प्रयोजनको लागि दिए वापत प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम।
(३) उपदफा (१) को खण्ड (ग) बमोजिम कुनै रकम प्राप्त गर्दा नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ।
(४) वन विकास कोषको रकम कुनै “क” वर्गको वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(५) कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ।
(६) कोष सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।”