दफा ५०
वर्षको गणना
:बिदा प्रयोजनको लागि वर्षको गणना गर्दा देहायको आधारमा गणना गर्नु पर्नेछ ः–
(क) कानूनद्वारा निर्धारण भएकोमा सोही बमोजिम,
(ख) नियामक निकायले निर्धारण गरेकोमा सोही बमोजिम,
(ग) खण्ड (क) वा (ख) बमोजिम निर्धारण नभएकोमा रोजगार सम्झौतामा उल्लेख भए बमोजिम, र
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिए बमोजिम निर्धारण नभएकोमा नेपाल सरकारको आर्थिक वर्ष बमोजिम ।