दफा २०
वस्तु कारोबार व्यवसायीले सदस्यता लिनु पर्ने
(१) वस्तु कारोबार व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको वस्तु कारोबार व्यवसायीले वस्तु विनिमय बजारको सदस्यता लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सदस्यता प्राप्त गर्ने कार्यविधि, सदस्यता तथा अन्य व्यवस्था सम्बन्धित वस्तु विनिमय बजारको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।