नियम १०
वस्तु वा सेवा फुकुवा गर्न लेखी पठाउनु पर्ने
नियम ९ बमोजिम रोक्का गरिएको कुनै वस्तु वा सेवाको सम्बन्धमा जाँचबुझ गर्दा मुद्दा चलाउन नपर्ने भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले रोक्का राखिएको त्यस्तो वस्तु वा सेवा फुकुवा गर्न अदालतमा लेखी पठाउनु पर्नेछ ।