दफा १५
वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) लगानीकर्तालाई एकै ठाउँमा निरन्तर रुपमा वस्तु करार मार्फत वस्तुको खरिद, बिक्री वा विनिमय गर्ने बजार, स्थान वा सुविधा उपलब्ध गराउने,
(ख) वस्तु कारोबार व्यवसायीलाई सदस्यता प्रदान गर्ने,
(ग) वस्तु कारोबारको लागि वस्तुको सूचीकरण गर्र्ने वा गराउने,
(घ) वस्तु कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने वा गराउने,
(ङ) वस्तु कारोबार व्यवसायीको काम कारबाहीको अनुगमन र सुपरिवेक्षण गर्ने वा गराउने,
(च) वस्तु विनिमय बजारको कारोबार प्रणाली (ट्रेडिङ सिस्टम) लाई संरक्षण गर्न वा त्यसको संभावित जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
(छ) बोर्डले दिएको निर्देशनको कार्यान्वयन गर्ने वा गराउने,
(ज) तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।