दफा १४
वाणिज्य बैंकसँग सम्झौता गर्न सक्ने
(१) यस ऐन बमोजिम लगानी गर्ने विदेशी लगानीकर्ताले नेपालमा गरेको आफ्नो लगानी सम्बन्धी कामको लागि आफ्नो साझेदार लगानीकर्ता वा अर्को विदेशी लगानीकर्ता र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त कुनै वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकसँग सम्झौता त्रिपक्षीय सम्झौता (स्क्रो एग्रिमेन्ट) गर्न सक्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सम्झौता (स्क्रो एग्रिमेन्ट)” भन्नाले करारका पक्षहरुबीच हुने कारोबारको सम्बन्धमा त्यस्तो कारोबारको सुरक्षाको लागि करारका पक्षहरूले कुनै तेस्रो पक्षलार्इ कुनै रकम, प्रमाण कागजात वा कुनै जमानतको लागि सुरक्षणमा राख्न दिने र करारका पक्षहरुबाट करारीय दायित्व पूरा भएपछि त्यस्तो रकम, प्रमाण कागजात वा जमानत सम्बन्धित पक्षलाई उपलब्ध गराउने गरी मञ्जुर गरी गरिएको सम्झौतालाई सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिम सम्झौता (स्क्रो एग्रिमेन्ट) गर्ने बैंकले सम्झौताका पक्षहरूको एजेन्टको रुपमा काम गर्नेछ।
(३) उपदफा (१) बमोजिम गरिने सम्झौता (स्क्रो एग्रिमेन्ट) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।