नियम ४४
वातावरण संरक्षण योजना
: ऐनको दफा ३८: बमोजिमको वातावरण संरक्षण योजनामा योजनाको पृष्ठभूमि, उद्देश्य, संरक्षणका मार्गदर्शक सिद्धान्त, योजनाले समेट्ने क्षेत्र, सम्बद्ध नीति तथा कानून र संरक्षण कार्ययोजना समेतका विषय समावेश गरी अनुसूची-२० बमोजिमको ढाँचामा तर्जुमा गर्नु पर्नेछ ।