नियम ६
वायुसेवा सञ्चालन प्रमाणपत्र तथा अनुमतिपत्र निलम्वन वा रद्द गर्ने
ः
(१) नियम ४ बमोजिम अनुमति तथा प्रमाणपत्र प्राप्त वायुसेवा सञ्चालन संस्थाले वायुसेवा सञ्चालन गर्दा गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्था र वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गर्दा उल्लेख भएका शर्तको पालना नगरेमा वा त्यस्तो व्यवस्था र शर्त विपरित कार्य गरेमा महानिर्देशकले त्यस्तो वायुसेवा संचालन संस्थालाई प्रदान गरिएको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र बढीमा ६ महिना सम्मको लागि निलम्वन वा वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र रद्द गर्ने आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै वायुसेवा सञ्चालन संस्थाको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र निलम्वन वा रद्द गर्ने आदेश दिएकोमा त्यसको जानकारी इजाजत दिने र संस्था दर्ता गर्ने कार्यालयलाई पनि दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र निलम्वन वा रद्द गर्ने आदेश लिनु अघि त्यस्तो वायुसेवा सञ्चालन संस्थालाई आफ्नो सफाई पेश गर्न मुनासिब माफिकको मौका दिनु पर्नेछ ।