दफा १४४
वारिस नियुक्त गर्न सक्ने

(१) मुद्दाको कुनै पक्षले आफ्नाे तर्फबाट अदालतमा मुद्दासँग सम्बन्धित कुनै काम गर्न वा यस परिच्छेदमा उल्लिखितखास कामका लागि कुनै व्यक्तिले अर्को कुनै व्यक्तिलाई आफ्नाे प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिनिधि नियुक्ति भएकोमा वारिस नियुक्त गरिएको मानिनेछ ।
(३) उपदफा (२) बमोजिम वारिस नियुक्त गर्दा लिखत गर्नु पर्नेछ ।