दफा ९
वार्ताद्वारा परियोजना कार्यान्वयन गर्न सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले देहायका अवस्थामा कुनै परियोजना वार्ताद्वारा कार्यान्वयन गराउन सक्नेछ ः–
(क) यस ऐन बमोजिम कम्तीमा दुईपटक मनसायपत्र वा प्रस्ताव आह्वान गर्दा पनि आवश्यक संख्यामा मनसायपत्र वा प्रस्ताव छनौट हुन नसकेको, वा
(ख) प्रतिस्पर्धा हुन सक्ने सम्भावना नभएको, वा
(ग) नयाँ अवधारणा वा प्रविधि समावेश भएको, वा
(घ) दुई अर्ब रुपैयाँभन्दा बढी लागत ईष्टिमेट भएको, वा
(ङ) समितिले वार्ताद्वारा कार्यान्वयन गर्न सिफारिस गरेको, वा
(च) कुनै कारणले यस ऐन बमोजिमको अन्य कार्यविधि अवलम्बन गर्न उपयुक्त नदेखिएको ।
(२) उपदफा (१) बमोजिमको कुनै परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न चाहने व्यक्तिले तोकिएका कुराहरु खुलाई नेपाल सरकार समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा वार्ताद्वारा सो परियोजना कार्यान्वयन गर्न उपयुक्त देखिएमा नेपाल सरकारले निवेदकसँग वार्ता गरी कार्यान्वयन गराउनेछ ।
(४) यस दफा बमोजिम वार्ताद्वारा परियोजना कार्यान्वयन गर्दा नेपाल सरकारले निवेदकसँग दफा ६ को उपदफा (२) बमोजिमको विवरण माग गर्नेछ ।