नियम १९
वार्ताद्वारा परियोजना कार्यान्वयन सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ९ बमोजिम
वार्ताद्वारा परियोजनाको कार्यान्वयन गर्न चाहने व्यक्तिले देहायका कुराहरु खुलाई मन्त्रालय
समक्ष निवेदन दिनु पर्नेछ ः–
(क) निवेदकको नाम र ठेगाना,
(ख) निवेदक कम्पनी भए त्यस्तो कम्पनीको नाम, ठेगाना, कम्पनी
स्थापना भएको वर्ष, संगठनात्मक स्वरुप, स्वामित्व तथा मुख्य
कार्य क्षेत्र,
(ग) कार्यान्वयन गर्न चाहेको परियोजनाको नाम, तरिका र संक्षिप्त
विवरण,
(घ) परियोजनाको उपादेयता र संभाव्यता सम्बन्धी विवरण,
(ङ) निवेदकको परियोजना कार्यान्वयन गर्न सक्ने आर्थिक तथा
प्राविधिक हैसियत तथा अनुभव सम्बन्धी विवरण,
(च) परियोजना कार्यान्वयनको लागि निवेदकस“ग भएका मेशिन,
उपकरण तथा जनशक्ति,
(छ) वार्ताद्वारा परियोजना कार्यान्वयन गर्नुको कारण ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवदेन जा“चबुझ गर्दा मन्त्रालयले
आवश्यक देखेमा निवेदकस“ग थप कागजात वा विवरण माग गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जा“चबुझ गर्दा प्रस्तावित
परियोजनाको उपादेयता र संभाव्यता देखिएमा, निवेदकको परियोजना कार्यान्वयन गर्न
सक्ने आर्थिक तथा प्राविधिक क्षमता र अनुभव भएमा र ऐनको दफा ९ को उपदफा (३)
मा लेखिए बमोजिम सो परियोजना वार्ताबाट कार्यान्वयन गर्न उपयुक्त देखिएमा मन्त्रालयले
आÇनो राय सहित प्राप्त निवेदन सहितको विवरण समितिमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त भएको निवेदन सहितको विवरण जा“चबुझ गरी
समितिले सो परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न उपयुक्त हुने वा नहुने सम्बन्धमा आÇनो
राय मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम समितिबाट वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने राय
प्राप्त भएमा मन्त्रालयले सो परियोजना स्वीकृतिको लागि परियोजना सम्बन्धी विवरण
नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त भएको परियोजना सम्बन्धी विवरण जा“चबुझ गर्दा
प्रस्तावित परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न मनासिब देखिएमा नेपाल सरकारले सो
परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न स्वीकृत गर्नेछ ।
(७) उपनियम (६) बमोजिम वार्ताद्वारा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारबाट
स्वीकृत भएमा मन्त्रालयले म्याद तोकी निवेदकस“ग ऐनको दफा ६ को उपदफा (२)
बमोजिमको विवरण सहित आर्थिक प्रस्ताव माग गर्न सक्नेछ र निवेदकले निर्धारित
म्यादभित्र सो विवरण र नियम १५ को उपनियम (३) बमोजिमको आर्थिक प्रस्ताव
मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम प्राप्त भएको विवरण सहितको आर्थिक प्रस्ताव जा“चबुझ
गर्दा निवेदकलाई परियोजना कार्यान्वयन गर्न स्वीकृति दिन मनासिब देखिएमा मन्त्रालयले
स्वीकृति दिने निर्णय गरी त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।