दफा ८
वार्ताद्वारा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले विस्तृत सम्भाव्यता अध्ययन नभएको कुनै परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्नको लागि नेपाल सरकार समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिन मनासिब देखिएमा नेपाल सरकारले निवेदकसँग वार्ता गरी त्यस्तो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न गराउन अनुमति दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गर्दा गराउँदा लागेको खर्च त्यस्तो विस्तृत सम्भाव्यता अध्ययन गर्ने गराउने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गरिएको कुनै परियोजनाको कार्यान्वयनका लागि प्रतिस्पर्धा गराउँदा उपदफा (२) बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गर्ने गराउने व्यक्ति छनौट हुन नसकेमा निजले सो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्दा गराउँदा लागेको खर्च त्यस्तो परियोजनाको कार्यान्वयनको लागि छनौट भएको प्रस्ताव स्वीकृत हुने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम व्यहोरिने रकम नेपाल सरकारले आवश्यकता अनुसार समिति गठन गरी निर्धारण गर्न सक्नेछ ।