दफा २०
वार्षिक कार्यक्रम र बजेट
: सम्भाव्यता वा विकास कार्यक्रम र बजेट विभागबाट स्वीकृति भएपछि प्रत्येक वर्ष शुरु हुनु भन्दा कम्तिमा नब्बे (९०) दिन अगावै ठेकेदारले जुन स्थलको लागि सम्भाव्यता वा विकास कार्यक्रम र बजेट स्वीकृति भएको हो सो स्थलमा आगामी वर्ष ठेकेदारले गर्न चाहेको पेट्रोलियम कार्य एवं पेट्रोलियम खर्च उल्लेख गरी वार्षिक कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ । त्यस्तो प्रत्येक वार्षिक कार्यक्रम र बजेट विभागले स्वीकृत गरेको सम्भाव्यता वा विकास कार्यक्रम र बजेट अनुरूपको हुनु पर्नेछ ।