नियम २५
वार्षिक प्रतिवेदन पठाउनु पर्ने
: बाल कल्याण गृह प्रमुखले बाल कल्याण गृहको र प्रशासकले बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको वर्षभरिको सम्पूर्ण क्रियाकलाप देखिने गरी अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक वर्ष बैशाख मसान्तभित्र जिल्ला बाल कल्याण समिति र बाल कल्याण अधिकारी समक्ष प्रतिवेदन पठाउनु पर्नेछ ।